काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने युगप्रवर्तक नेताका रूपमा स्मरण गरेका छन्।

७४ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले ‘सिद्धान्तका लागि जीवन’ होइन, ‘जीवनका लागि सिद्धान्त’ भन्ने धारणा प्रस्तुत गरेर कम्युनिस्ट आन्दोलनलाई व्यवहारिक बनाएको उल्लेख गरेका छन्।

advertisement

प्रधानमन्त्री ओलीले लेखेका छन्, “नेपालको कम्युनिष्ट आन्दोलनलाई जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति ७४ औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।”

यस अवसरमा नेकपा (एमाले) तथा पार्टीका विभिन्न जनवर्गीय संगठनहरूले देशभर विविध कार्यक्रममार्फत भण्डारीको योगदानलाई स्मरण गर्दै उनको जन्मजयन्ती मनाइरहेका छन्।

भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण विचारधाराका रूपमा स्थापित रहँदै आएको छ।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com