काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जापानमा भिजिट भिसाको नाममा भइरहेको अनियमितता र ठगीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सुमिरे टुर एण्ड ट्राभल्स नामक कम्पनीले विगत १० वर्षदेखि हजारौं नेपालीसँग अर्बौं रुपैयाँ असुली गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त कम्पनीले भिजिट भिसाको नाममा नेपाली जनतालाई शोषण गर्दै आएको र अब यसमा ठोस अनुसन्धान आवश्यक रहेको बताए । “विगत एक दशकदेखि भिजिट भिसाको बहानामा जापान पठाउने भन्दै नागरिकसँग असुली गरिएको रकम संसदसम्म आइपुगेको छ,” उनले आरोप लगाए, “अब निष्पक्ष छानबिन हुनुपर्छ र दोषी जो कोही हो, उसलाई कानूनी दायरामा ल्याउनुपर्छ ।”

advertisement

उनले नाम नलिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदप्रति संकेत गर्दै ती रकमकै आधारमा संसदसम्म पुगेको आरोपसमेत लगाए । “जनतालाई ठगेर कमाएको पैसाले लोकतन्त्रको मन्दिरमा प्रवेश पाउन मिल्छ ?” उनले प्रश्न गरे ।

सांसद खतिवडाले संसदमा छलफलको क्रममा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भने, “कसैले आफ्नो धारणा राख्दा अरूले नारा लगाएर रोक्ने, होहल्ला मच्चाउने प्रवृत्ति बढ्दो छ, यसको तत्काल अन्त्य हुनुपर्छ ।”

उनले संसदलाई मर्यादित, अनुशासित र जनउत्तरदायी बनाउनेतर्फ सबै सांसद गम्भीर हुनुपर्ने सुझावसमेत दिए ।

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com