काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भइरहेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले लामिछानेमाथि एकपछि अर्को मुद्दा लगाएर दुश्मनीको भावना देखाइएको भन्दै त्यसमा राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन्।

शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा आयोजित हस्ताक्षर अभियान कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनले भने,
“अदालतले दोषी ठहर नगरेसम्म कोही पनि निर्दोष हुन्छ भन्ने कानुनी सिद्धान्त हो। तर लामिछानेलाई जसरी निरन्तर मुद्दामा तान्ने प्रयास भइरहेको छ, त्यो आपत्तिजनक र प्रतिशोधपूर्ण देखिन्छ।”

advertisement

भट्टराईले महाभारतको कंस-कृष्ण कथा उद्धृत गर्दै अहिलेको राजनीतिक परिदृश्य तुलना गरे।
उनले भने,
“कंसले कृष्णको जन्मले आफू मारिने भविष्य थाहा पाएपछि बहिनीको गर्भमै कृष्णलाई मार्न खोजे। अहिले पनि पुराना राजनीतिक शक्तिहरूले नयाँ र वैकल्पिक शक्ति उदाउने डरले भ्रूणमै हत्या गर्न खोजिरहेका छन्।”

वैकल्पिक राजनीति निर्माणमा आफूले खेलेको भूमिकाको स्मरण गराउँदै डा. भट्टराईले यस्तो व्यवहारले उल्टै नयाँ शक्तिहरूलाई थप बल पुग्ने दाबी गरे।
“यस्ता गलत हर्कतहरूले आम जनताको चेतना बढाउँदै छन्। अन्ततः त्यसले नयाँ राजनीतिक शक्तिहरूको आधार बलियो बनाउन सहयोग पुर्‍याउनेछ,” उनले भने।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com