एजेन्सी । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।

गाजा सहरको एक रंगशाला नजिकै भएको यस्तै एक आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्। बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ।

advertisement

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्। संयुक्त राज्य अमेरिकाको दबाबले युद्धविराम सम्झौता हुन सक्ने कतारी मध्यस्थकर्ताहरूले आशा व्यक्त गरेका छन्।

यसअघि मार्च महिनामा इजरायलले गाजामा पुनः आक्रमण गरेपछि दुई महिनाको युद्धविराम विफल भएको थियो। १९ जनवरीदेखि सुरु भएको उक्त युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भनिएको थियो, तर पहिलो चरण पार गर्नै नसकी सम्झौता टुटेको थियो।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com