काठमाडौं । करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ लगत्तै अस्पताल भर्ना भएका छन्।

शुक्रबार पीडित स्वयंले भेटवाललाई प्रहरी वृत्त सिंहदरबारमा बुझाएपछि उनी केही समयमै त्यहाँबाट निस्किएको खबर बाहिर आएको थियो। त्यसपछि पक्राउ परे/नपरेकोबारे अन्यौलपूर्ण स्थिति रहँदा अन्ततः साँझ प्रहरीले उनलाई हिरासतमा लिएको पुष्टि गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले विज्ञप्तिमार्फत बैंकिङ कसुरमा भेटवाललाई पक्राउ गरिएको जनाएका छन्।

advertisement

प्रहरी उच्च स्रोतका अनुसार पक्राउपछि भेटवाललाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालको क्याबिन नं. ८१२ मा भर्ना गरिएको छ। प्रहरी स्रोतका अनुसार उनी गम्भीर बिरामी नरहे पनि अस्पताल भर्ना हुन ‘प्रभाव’ प्रयोग गरिएको आशंका छ।

शुक्रबार बिहानसम्म पक्राउबारे जानकारी नभएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले कुनै विवरण दिन असमर्थता जनाएका थिए। तर, पीडितले माथिल्लो सुरक्षा निकायमा उजुरी गरेपछि साँझ भेटवाललाई औपचारिक रूपमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार भेटवालमाथि आज आइतबार म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com