काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा रहेकाले अस्थायी रूपमा पोखरेललाई पार्टी सञ्चालनको जिम्मा दिइएको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीले औपचारिक पत्रमार्फत कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन्। उक्त पत्र बिहीबार पोखरेललाई बुझाइएको हो।
कार्यवाहक अध्यक्षको हैसियतमा पोखरेल आइतबार मनमोहन अधिकारीको जन्मजयन्तीको अवसरमा बूढानीलकण्ठ नगरपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भएका छन्।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पार्टीका नियमित गतिविधि, बैठक तथा समन्वय कार्यहरू पोखरेलको नेतृत्वमा सञ्चालन हुनेछन्।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार













प्रतिक्रिया