काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले वर्तमान कर्मचारी संरचना बोझिलो र परिणामविहीन रहेको भन्दै स्थायी कर्मचारीको संख्या आधा कटौती गर्नुपर्ने सुझाव दिएका छन्।

आइतबार प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै शर्माले कर्मचारी व्यवस्थापनलाई परिणाममुखी बनाउन सेवा करार प्रणालीमा जाने प्रस्ताव अघि सारे। “साधारण खर्च राज्यले धान्नै नसक्ने अवस्थामा पुगिसकेकाले अबको आवश्यकता स्थायी कर्मचारी कटौती गर्नु हो,” उनले भने, “अब करार सेवामा लगेर परिणाममुखी काम गराउनेतर्फ जाऔं। भद्दा संरचना र परिणामविहीन प्रणालीको अब औचित्य छैन।”

advertisement

पूर्वमन्त्री समेत रहेका शर्माले मुलुकमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित हुँदाहुँदै पनि व्यावहारिक शासन कर्मचारीको टेबलमै सीमित भएको गुनासो गरे।

उनले भने, “देशको शासन व्यवस्था कार्यकारी प्रमुखमार्फत सञ्चालन हुनु पर्ने हो। तर आज देशमा टेबल–टेबलमा शासन हुन्छ, प्रधानमन्त्रीले होइन। यस्तो संरचना अन्त्य गर्नुपर्छ।”

शर्माले कर्मचारी प्रणालीको व्यापक सुधार गरी परिणाममुखी, जवाफदेही र प्रभावकारी राज्य सेवा निर्माण गर्न संसदले पहल गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com