फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धूमपान गर्न रोक लगाइएको छ ।

बालबालिकालाई निष्क्रिय धूमपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुने छ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुने छ ।

advertisement

शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागु हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुने छन् ।

समुन्द्री किनारमा बालबालिकालाई धूमपानको प्रभावबाट जोगाउन फ्रान्समा विद्यालय बिदा सुरु हुनुभन्दा एक साताअघि नै यो नियम लागु गरिएको छ ।

प्रतिबन्धको निर्णयबाट खुसी बनेका तम्बाकू विरोधी अभियन्ताहरूले सरकारको प्रतिबन्धले बार र रेस्टुरेन्टका छतहरूलाई नसमेटेकोमा भने चिन्ता व्यक्त गरेका छन् । विद्युतीय चुरोटमा पनि प्रतिबन्ध नलाग्दा उनीहरू दुःखी छन् ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै घोषणा गरेपछि सुरुमा यो नियम मङ्गलबारदेखि लागु हुने अपेक्षा गरिएको थियो तर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा लैजान यसलाई आइतबारका लागि सारिएको थियो ।

नयाँ नियमअनुसार  विद्यालय, स्विमिङ पुल, पुस्तकालय र अन्य स्थानको १० मिटरको परिधिभित्र धूमपान गर्न पाइने छैन ।

स्वास्थ्य मन्त्रालयले आगामी दिनमा यी क्षेत्रमा धूमपानका लागि न्यूनतम दूरी घोषणा गर्नुका साथै त्यस्ता क्षेत्र तोक्न प्रयोग गरिएको सङ्केत समेत सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिबन्धको उल्लङ्घन गर्नेलाई १३५ युरो (१६० अमेरिकी डलर) देखि अधिकतम ७०० युरोसम्म जरिवाना हुन सक्छ । यद्यपि स्वास्थ्य मन्त्रालयले नयाँ नियमहरू व्याख्या गरिएकाले प्रारम्भिक थप समयको अपेक्षा गरेको छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com