काठमाडौं । अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन पुगेका दुई जनाको गोली हानी हत्या गरिएको छ। एक जना अग्नि नियन्त्रक घाइते छन् । उनको उपचार भइरहेको छ ।

स्थानीय सेरिफ रोबर्ट नोरिसका अनुसार कोउर डीुएलेन सहरमा कम्तीमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाइरहेका छन्। ‘हामीलाई थाहा छैन, त्यहाँ एक, दुई, तीन वा चार जना छन्,’ उनले भने।

advertisement

अधिकारीहरूले धेरै दिशाबाट गोली चलिरहेको बताएका छन् । मानिसहरूलाई सो क्षेत्रबाट टाढा रहन भनिएको छ।

एफबीआईका उपनिर्देशक डान बोन्जिनोले एजेन्टहरूले घटनास्थलमा ‘रणनीतिक र सञ्चालन सहयोग’ प्रदान गरिरहेको बताए। ‘धेरै साहसी अग्नि नियन्त्रकहरूमाथि आक्रमण भएको छ,’ इडाहोका गभर्नर ब्राड लिटिलले ट्विटरमा लेखे।

क्जष्खबm ऋझभलत
‘यो हाम्रा बहादुर पुरुषहरूमाथि प्रत्यक्ष र घृणित आक्रमण हो। थप जानकारी नआएसम्म म सबैलाई उनीहरू र उनीहरूका परिवारहरूको लागि प्रार्थना गर्न आग्रह गर्दछु,’ गभर्नरले भने।

 

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com