काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। वीर अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्री पौडेलको अवस्था सामान्य बन्दै गएको जनाइएको छ।

अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा चिकित्सक टोलीको प्रत्यक्ष निगरानीमा पौडेलको उपचार भइरहेको छ। डा. शर्माका अनुसार ज्वरो आएपछि मन्त्री पौडेल असार १४ गते अस्पताल भर्ना भएका थिए। हाल उनको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको र अवस्था स्थिर रहेको उल्लेख गरिएको छ।

advertisement

मन्त्री पौडेल हालै थाइल्यान्डमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएपछि अस्वस्थ महसुस गरेपछि अस्पताल भर्ना भएका हुन्।

अस्पताल प्रशासनले पौडेलको स्वास्थ्य अवस्थाबारे नियमित अपडेट गरिने जनाएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com