काठमाडौं । झण्डै एक दशकपछि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले लिइरहेको सरकारी सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरेकी छन्।

पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त विशेष सेवा–सुविधा उपभोग गर्दै पार्टी राजनीतिमा सक्रिय हुन थालेपछि सार्वजनिक रुपमा उठेका प्रश्नहरूलाई ध्यानमा राख्दै अब उनले सो सुविधा नलिने बताइएको छ।

advertisement

गृह मन्त्रालय स्रोतका अनुसार भण्डारीले सम्बन्धित निकायलाई औपचारिक पत्र पठाएर सेवा–सुविधा फिर्ता लिने प्रक्रिया अघि बढाइएको छ। शनिवार आयोजित एक कार्यक्रममा उनले औपचारिक घोषणा गर्ने तयारी भए पनि “स्टन्टबाजी देखिने” भन्दै प्रचारमुखी शैली अपनाउन नचाहेकाले चुपचाप पत्रमार्फत फिर्ता दिने निर्णय गरिएको स्रोतले जनाएको छ।

निकट सहयोगीका अनुसार, “धेरै नेताले राजनीतिमा फर्किने घोषणा गर्दा सेवा–सुविधा फिर्ता पनि चर्को शैलीमा जनाउँदै आएका छन्। तर उहाँ (भण्डारी) प्रचारमुखी शैली भन्दा प्रक्रियागत मर्यादालाई प्राथमिकता दिन चाहनुहुन्छ।”

गृह मन्त्रालयका अनुसार भण्डारीलाई हाल एक उपसचिवसरहका स्वकीय सचिव र कार्यालय सहयोगीसहित मासिक डेढ लाख रुपैयाँ बराबरको सेवा–सुविधा उपलब्ध थियो। स्वकीय सचिवका रूपमा रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई कार्यरत छन्।

त्यसैगरी, भण्डारीको सुरक्षाका लागि खटिएको टोलीका लागि सरकारले छुट्टै घर भाडामा लिएको छ। यद्यपि, पूर्वराष्ट्र प्रमुख भएकाले सुरक्षासम्बन्धी व्यवस्था भने हटाउन नसकिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

उनले सवारी साधनको सुविधा नलिए पनि मासिक २०७ लिटर पेट्रोल सुविधा उपभोग गर्दै आएकी थिइन्। सुरक्षाकर्मी बसोबासको लागि लिइएको घरको भाडा भने सिधै घरधनीलाई उपलब्ध गराउने प्रचलन रहेको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com