काठमाडौं ।  एसीसी यू १६ इस्ट जोन कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले आज भुटानसँग खेलिरहेको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा हुने खेल मंगलबार बिहान पौने ८ बजेबाट शुरु भएको हो । समूह चरणमा अपराजित रहेको नेपाली युवा टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। नेपाल आजको खेलमा भुटानलाई हराउँदै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।

नेपालसँगै समूह ‘ए’बाट चार खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगिसकेको छ।

यस्तै समूह ‘बी’बाट मलेसिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्। आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। इस्ट जोन कपमा १० टोली सहभागी छन्।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन्। यस्तै समूह ‘बी’ मा आयोजक मलेसयासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।

सेमिफाइनलका खेलहरू बिहीबारदेखि सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिबार हुनेछ।

 

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com