काठमाडौं । स्पेनको प्रतिष्ठित क्लब रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न अन्तिम १६ को खेलमा रियल मड्रिडले इटालीको युभेन्ट्सलाई १-० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।खेलको दोस्रो हाफको ५४औं मिनेटमा गोन्जालो गार्सियाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

advertisement

रियल मड्रिडले खेलभरि थुप्रै मौका सिर्जना गरे पनि गोलतर्फ सीमित शट मात्र प्रहार गर्न सकेको थियो, जसमा युभेन्ट्सका गोलकिपर ग्रिगेरियोले उत्कृष्ट प्रदर्शन गर्दै थप गोल हुनबाट टोलीलाई जोगाए।

युभेन्ट्सले पनि केही राम्रा अवसर पाएपनि तिनको सदुपयोग गर्न सकेन। अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमुन्ड र मोन्टेरेबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com