काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको छोरा सत्येन्द्र यादवले बताए।

यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए। स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए ।

advertisement

उनको २ छोरा, २ छोरी र श्रीमती रहेकी छिन्। उनको आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

उनको निधनले नेपाली कांग्रेस बाराले एउटा अभिभावक गुमाएको तथा सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस बाराको सचिव राजेश रौनियारले बताए।

 

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com