रुकुमपश्चिम । चौरजहारी नगरपालिका–३, टाटागाउँमा एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले गए राति ३० वर्षीया पत्नी देविका बुढाथोकीको ज्यान लिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार, हत्या गरेपछि फरार रहेका चन्द्रबहादुरलाई घटनास्थल नजिकैबाट खुकुरीसहित पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण अझै खुल्न बाँकी भए पनि घरेलु हिंसाको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com