काठमाडौं ।  एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी छन्।

लाओसविरुद्ध पाँच गोल गरेकी सावित्राले मंगलबार श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरिन्। उनले २०औं मिनेटमा पहिलो, ४२औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन्।

advertisement

नेपालका लागि पहिलो गोल गीता रानाले खेलको ७औं मिनेटमा गरेकी थिइन्।

खेलको पहिलो हाफसम्म नेपालले श्रीलंकाविरुद्ध ४–० को स्पष्ट अग्रता लिएको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com