काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीका मेयर पदका उम्मेदवार जोरान माम्दानीलाई लक्षित गर्दै कडा र चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै ट्रम्पले भनेका छन्, “संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएको नाताले म यो ‘कम्युनिस्ट पागल’ व्यक्तिलाई न्यूयोर्क सिटी नष्ट गर्न दिन्नँ। सबै कुरा मेरो नियन्त्रणमा छ, सबै विकल्प मेरो हातमा छन्। म न्यूयोर्क सिटीलाई जोगाउनेछु र फेरि हट र ग्रेट बनाउनेछु — ठीक त्यस्तै, जसरी मैले अमेरिका बनाएको थिएँ।”
उनको यस भनाइले अमेरिकी राजनीतिमा नयाँ बहस जन्माएको छ। यसअघि पनि ट्रम्पले उपराष्ट्रपतिका लागि उम्मेदवार कमला ह्यारिसलाई ‘कम्युनिस्ट सोच भएको’ भन्दै विवादास्पद टिप्पणी गरेका थिए।
न्युयोर्कको मेयर निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको यो टिप्पणीले चुनावी माहोल थप तातेको छ। समर्थक र विरोधी दुवैतर्फबाट यसको चर्को प्रतिक्रिया आइरहेको छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया