काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूविरुद्ध सार्वजनिक रूपमा टिप्पणी गर्ने नेताहरूसँग व्यक्तिगत रूपमा पनि लड्ने चेतावनी दिएकी छन्।

अध्यक्ष माधव नेपालविरुद्ध दिइएको आलोचनात्मक अभिव्यक्तिपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव सोमप्रसाद पाण्डे लगायत नेताहरूले उनलाई कारबाही गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेका थिए। सोही प्रसंगमा पार्टी सचिवालय बैठकमा आफ्नो पक्ष राख्न पुगेकी झाँक्रीले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “पार्टीका ठूला नेताहरू मिडिया र सामाजिक सञ्जालमा गएर बोलेका छन्, त्यो भनेकोबारे म व्यक्तिगत हिसाबले लडाइँ गर्छु। राजनीतिक रूपमा पनि प्रतिवाद गर्छु। तर मैले बोलेको कुराको स्पष्टीकरण भने सचिवालय बैठकमै राख्छु।”

उनले पार्टीको निर्देशनपछि आफूले कुनै प्रतिक्रिया नदिएको भए पनि विभिन्न नेताहरूले व्यक्तिगत रूपमा लक्षित गर्दै आफूविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएको गुनासो गरिन्।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com