काठमाडौं । लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत अमर्यादित तथा अभद्र टिप्पणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। साइबर अपराध अनुसन्धानका लागि खटिएको प्रहरीको साइबर ब्युरो टोलीले गुञ्जन राई नाम गरेका व्यक्तिलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।

गायिका चौहानले चार जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा तीमध्ये केही विदेशमा रहेकाे पुष्टि भएको छ।

advertisement

सामाजिक सञ्जालमा महिलाहरूमाथि हुने यस्ता अपमानजनक टिप्पणीविरुद्ध चौहानलगायत केही महिला कलाकारले सार्वजनिक रूपमा आवाज उठाइरहेका छन्। उनीहरूले आफूहरूलाई लक्षित गर्दै सामाजिक संजालमार्फत हुने दुव्र्यवहारको विवरण समेत सामाजिक सञ्जालमै सार्वजनिक गरिरहेका छन्।

प्रहरीले अनलाइनमार्फत हुने दुव्र्यवहारविरुद्ध कडाइका साथ कारबाही अगाडि बढाइने जनाएको छ।

 

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com