काठमाडौं । निजामती विधेयकमा देखिएको विवादपछि प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले पद त्याग गरेको बताएका छन्।

‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा चलखेल भएको आरोप लागेसँगै दुराले अब समितिको जिम्मेवारीमा नरहने स्पष्ट पारेका हुन्।

advertisement

“मैले हिजो नै समितिमा अब जिम्मेवारी नलिने निर्णय गरिसकेको छु,” उनले बाह्रखरीसँग कुरा गर्दै प्रतिक्रिया दिएका छन्।

संसद् सचिवालयमा सचिवको जिम्मेवारी पाएका दुरालाई त्यसपछि पनि राज्यव्यवस्था तथा सुशासन समितिको सचिवको भूमिका दिइएको थियो। तर, पछिल्ला घटनाक्रमले उनी विवादमा मुछिएपछि उनले समिति सचिवको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com