काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवा सम्बन्धी विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’ व्यवस्था हटाइएकामा असन्तुष्टि जनाउँदै, संसदीय प्रणालीभित्र देखिने र वास्तविक कार्यशैली फरक हुने टिप्पणी गरेका छन्।
बिहीबार एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले समितिमा प्रस्तुत प्रतिवेदनमाथि गरिएको छेडछाडप्रति संकेत गर्दै भने, “हामीले जनयुद्धको समयमा मार्क्सवाद प्रचार गर्दा संसदीय व्यवस्था भनेको ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली हो भन्थ्यौँ। अहिले पनि त्यस्तै भइरहेको देखिन्छ।”
उनले प्रष्ट पारे, “लोकतन्त्र देखाउने ठाउँमा खसीको टाउको देखाइन्छ, तर भित्रभित्रै निर्णय गर्ने क्रममा कुकुरको मासु बेचिन्छजस्तो चलन चलिराखेको छ।”
प्रचण्डले आफू प्रधानमन्त्री रहेका बेला समाजवादउन्मुख मार्गमा देशलाई डोर्याउन प्रयत्नरत रहेको पनि दाबी गरे।
निजामती कर्मचारी विधेयकमा प्रारम्भिक रुपमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ को व्यवस्था संसदीय समितिमा छलफलका क्रममा हटाइएपछि यसको चौतर्फी आलोचना भइरहेको छ। यसै सन्दर्भमा प्रचण्डले संसदीय अभ्यासप्रतिको असन्तुष्टि यसरी व्यक्त गरेका हुन्।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया