काठमाडौं । इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय गन्तव्य बालीतर्फ जाँदै गरेको यात्रुबाहक फेरी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ भने अझै ३० जना हराइरहेका छन्।

रूसी समाचार संस्था आरटी का अनुसार उक्त फेरी जाभाबाट बालीतर्फ जाँदै गर्दा समुद्रमा पल्टिएको हो। फेरीमा ६५ जना यात्रु सवार थिए। अहिलेसम्म ३१ जनाको उद्धार गरिएको जनाइएको छ।

advertisement

समुद्रमा घण्टौँसम्म तैरिनुपरेकोले उद्धार गरिएका धेरैजना बेहोस अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्। उद्धार कार्य जारी रहे पनि हराइरहेका व्यक्तिहरुको अवस्थाबारे अझै कुनै ठोस जानकारी सार्वजनिक गरिएको छैन।

हालसम्म फेरीमा सवार यात्रुहरू कुन–कुन देशका थिए भन्ने विवरण भने औपचारिक रूपमा खुलाइएको छैन। स्थानीय सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा परिचालित छन्।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com