काठमाडौं । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबैका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही स्थानहरूमा तथा बाँकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने यिनै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा बाँकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाका साथै उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपात हुने विभागको भनाइ छ ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार












प्रतिक्रिया