काठमाडौं । पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजे रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७ वर्षका अविशेक माझीलाई नदीमा गोहीले तानेको हो । स्थानीय ४५ वर्षीय राज कुमार माझीसँगै माछा मार्ने क्रममा अविशेकलाई गोहीले पानीमा तानेर डुबाएको थियो ।

advertisement

घटनापछि नदीमा बेपत्ता अविशेकको घटनास्थल भन्दा दुई सय मिटर टाडा राति १ः२० बजे शव भेटिएको प्रहरीले जनाएको छ ।

बुढी राप्ती नदी घडियाल गोही बढी भएको नदी हो । रातिको समयमा यो नदीमा जोखिम मोलेर माछा मार्न जानुनै गलत भएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com