काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटकालागि साविक विजेता टोली जनकपुर बोल्ट्सले पहिलो सिजन खेलेका ६ खेलाडीलाई निरन्तरता दिएको छ ।

फ्रेन्चाइज टोली जनकपुरले बिहिबार सामाजिक सञ्जालमार्फत मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका विकेट किपर ब्याटर आशिफ शेख सहित अनिल शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार र तुलबहादुर थापा मगरलाई निरन्तरता दिइएको जनाएको हो ।

advertisement

पहिलो संरकणमा जनकपुरका सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । अब विराटनगर किङ्ग्सले रिटेन र रिलिज भएका खेलाडीको सूची सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com