काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल ६ दिनका लागि चीन भ्रमणमा जान लागेका छन्।

उनी चीनमा आयोजना हुने वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभ सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

खनालले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् भने उनी छ दिनपछि स्वदेश फर्कने बताइएको छ। भ्रमण कार्यक्रमबारे उनको निकट स्रोतले जानकारी दिएको हो।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com