काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियाका लगानीकर्तालाई नेपालको भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रका लागि नेपालमा अनुकूल वातावरण रहेको बताए। “लगानीमैत्री नीति निर्माण गरिएको छ। पूर्वाधार र पर्यटन क्षेत्रले ठूलो सम्भावना बोकेको छ,” उनले भने, “लगानीका क्षेत्र पहिचान गरेर तयारीसाथ अगाडि बढ्नुहोस्, सरकार पूर्ण सहयोगका लागि तयार छ।”

भेटका क्रममा प्रतिनिधिमण्डलले सूचना प्रविधि, जलविद्युत, पूर्वाधार, व्यापार, वातावरण र पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने चासो देखाएको थियो।

प्रतिनिधिमण्डलमा परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com