काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरी सई कमल खड्कालाई जिम्मेवारीबाट हटाइएको छ।

नेपालगञ्जमा कार्यरत सई खड्कालाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय (हेडक्वाटर) तानिएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरेका छन्। उनका अनुसार, हस्ताक्षर प्रकरणबारे स्पष्ट जानकारी लिन खड्कालाई हेडक्वाटर झिकाइएको हो।

advertisement

सहकारी ठगी अभियोगमा थुनामा रहेका लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नागरिक हस्ताक्षर अभियान’ सञ्चालन गरिरहेको छ। सोही अभियानमा सई खड्काले समेत हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी छानबिनमा तानिएका हुन्।

यस प्रकरणलाई कतिपयले राजनीतिक प्रतिशोधको रूपमा पनि व्याख्या गरिरहेका छन्।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com