काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विदेश घुम्ने कार्यक्रममा भाग नदिइएको भन्दै पार्टी केन्द्रीय समिति बैठकमा गुनासो गरेका छन् ।

बैठकमा मन्त्रालयगत विवरण पेश गर्ने क्रममा उनले सबै मन्त्रालयलाई भाग दिइएको तर खेलकुद मन्त्रालयलाई नदिइएको भन्दै गुनासो गरेका हुन् । साथै, उनले पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न नसकिएको बताए ।

advertisement

‘सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन् । तर, सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, नेपाल स्काउटमा जस्ता ठाउँमा कार्यकारी माओवादी हुँदा काम गर्न अप्ठ्यारो भएको बताए । सदस्यसचिव एक्लैले कार्यसमिति बनाइरहेको उनले बताए।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com