जनकपुर । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेकपा एमालेमाथि स्थानीय तहमा सत्ता गठबन्धनको न्यूनतम राजनीतिक शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्।

शनिबार जनकपुरमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा बोल्दै सांसद निधिले स्थानीय सरकार सञ्चालनका विषयमा एमाले सहमति र सहकार्यबाट टाढा रहेको टिप्पणी गरे। “कांग्रेस सधैँ सहमति र सामूहिक अभियानको पक्षमा छ, तर एमाले भने अझै पनि असहयोगी भूमिकामा सीमित देखिएको छ,” उनले भने।

advertisement

उनका अनुसार कतिपय नगरपालिका र स्थानीय तहमा एमालेले मेयरको अधिकार कटौती गर्ने खालका कार्यविधि बनाउने प्रयास गरिरहेको छ। यसले बजेट पास र योजनाको कार्यान्वयनमा समेत अवरोध उत्पन्न गरिरहेको निधिको भनाइ छ।

सांसद निधिले राजनीतिक प्रतिशोधको भावना राख्दै एक पार्टीका जनप्रतिनिधिले अघि सारेका योजना अर्को पक्षबाट विफल पार्ने प्रयास भइरहेको गुनासो गरे। “योजना जनताको हितका लागि हो, तर राजनीतिक स्वार्थका कारण ती योजना रोकिनु दुर्भाग्यपूर्ण छ,” उनले जोड दिए।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com