काठमाडौं । रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले नागर्जुन पुगेर पार्टी सभापति रवि लामिछानेको सन्देश सुनाएका छन्।

पार्टीको नागर्जुन नगर अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारागारबाट अविचलित भएर पार्टी निर्माणमा लाग्न आग्रह गरेको बताए।

advertisement

उनले भने, ‘हामी अविचलित भएर पार्टी निर्माणमा गर्नुपर्छ, पार्टी सभापतिलाई भएको ज्यादतीको हामी हिसाबकिताब गर्नेछौँ, समय आउँछ, अहिले आत्तिनु पर्दैन। उहाँले कारागारमा बसेर आफ्नै खुट्टामा नअल्झिन सन्देश पठाउनुभएको छ। उहाँले आफूले कुनै गलत काम गर्दा पनि कारागारमा बस्नुपरेको सन्देश पठाउनुभएको छ। यो देश बनाउन, सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नको लागि राजनीतिमा आए, म राजनीतिमा आएको कसैलाई पच्न सकेन त्यसैले म कारागारमा छु, त्यसको हिसाबकिताब समयमा गर्नेछु।’

उनले रवि लामिछाने कुनै व्यक्ति र पार्टीको नेता मात्रै होइन यो एउटा विचार भएको बताए। उनले थपे, ‘हामीले बैङ्कमा पैसा राख्दा ब्याज पाउँछौँ तर यो सरकारले रवि लामिछानेलाई कारागारमा राख्दा त्यसको स्याज तिर्नुपर्छ, ढिलो छिटो मात्रै हो।’

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com