सर्लाही । सर्लाहीमा प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग विवादपछि अदालतले जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार राति भएको घटनापछि शुक्रबार यादवको खोजीमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो। तर समाचार तयार पार्दासम्म उनलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।

advertisement

एसपी खड्का र नेता यादवबीच मलंगवास्थित पूर्वाधार कार्यालयको सुरक्षा व्यवस्थापनका विषयमा विवाद भएको थियो। पूर्वाधार कार्यालयले राति चेक काट्ने कार्य गर्दा प्रहरीले सुरक्षा दिएको भन्दै नेता यादवले एसपी खड्कामाथि कमिसनको आधारमा सुरक्षा प्रदान गरिएको आरोप लगाएका थिए।

एसपी खड्काले भने फोनमार्फत सुरक्षा माग आएपछि प्रहरी पठाइएको बताएका छन्। घटनापछि नेता यादवमाथि सरकारी सवारीसाधनमा तोडफोड गरेको आरोप लागेकाे छ।

पूर्वाधार कार्यालयका प्रमुख विजय यादवमाथि पनि नेता यादवले नियमित कार्यालय समयमा कार्यालयमा नबस्ने, साँझपख आएर चेक काट्ने गरेको आरोप लगाएका छन्। प्रमुख यादवले भने कार्यभार धेरै भएका कारण रातिसम्म काम गर्नुपरेको प्रतिक्रिया दिएका छन्।

यस विषयमा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वरकुमार सिन्हाले कार्यालय समयमा नआइ राति आर्थिक कारोबार गर्नु कानुनविपरीत भएको बताएका छन्।

प्रहरीका अनुसार फरार रहेका नेता यादवलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको छ। घटनासम्बन्धी अनुसन्धान पनि अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com