काठमाडौं । प्यालेस्टिनी समूह हमासले गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी नयाँ अमेरिकी प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ। हमासले आधिकारिक विज्ञप्ति जारी गर्दै वार्ताका लागि तत्काल तयार रहेको जनाएको हो।

बीबीसीलाई एक प्यालेस्टिनी अधिकारीले दिएको जानकारीअनुसार हमासले प्रस्तावको मूल संरचना स्वीकार गरिसकेको छ, तर केही बुँदामा संशोधन आवश्यक रहेको बताएको छ।

advertisement

यस विषयमा अमेरिकी प्रशासन र इजरायली सरकारको प्रतिक्रिया आउन बाँकी छ।

यसअघि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले ६० दिनका लागि युद्धविरामको प्रस्ताव सर्तसहित स्वीकार गरेको बताएका थिए। ट्रम्पले हमासलाई उक्त प्रस्ताव स्वीकार गर्न आग्रह गर्दै, अस्वीकार गरे अवस्था थप जटिल हुन सक्ने चेतावनीसमेत दिएका थिए।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com