काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा व्यस्त व्यापारिक क्षेत्र असनको प्रवेशद्वारमा निर्माण गरिएको सिंहद्वारको शनिबार औपचारिक उद्घाटन गरिएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विशेष समारोहका बीच सिंहद्वारको उद्घाटन गरेका हुन्।
काठमाडौं महानगरपालिका–२७ अन्तर्गत कमलाक्षी क्षेत्रमा पर्ने असन बजारको प्रवेश बिन्दुमा आकर्षक सिंहको मूर्ति सहितको द्वार निर्माण गरिएको हो।
आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठका अनुसार सांस्कृतिक महत्व बोकेको सो मूर्तिकला निर्माणमा करिब ७ लाख रुपैयाँ लागत लागेको छ।
सिंहद्वार निर्माणसँगै काठमाडौंको सांस्कृतिक पहिचान झल्किने यो संरचना असन बजारमा प्रवेश गर्ने आगन्तुकलाई स्वागत गर्ने प्रमुख प्रतीक बन्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया