काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान सबैलाई अटाउने खालको भएको दाबी गर्दै यस व्यवस्थाको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्।

शनिबार जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले हालको बहुदलीय संसदीय प्रणालीमा कुनै एक दलले पूर्ण बहुमत ल्याउन नसक्ने अवस्थाले गठबन्धन अनिवार्य भएको बताए।

advertisement

“प्रतिस्पर्धा स्वाभाविक हो, तर बहुमत नल्याई सरकार बनाउन सकिन्न,” उनले भने, “त्यसैले मन परोस् वा नपरोस्, दलहरूबीच सहकार्य अपरिहार्य हुन्छ।”

देउवाले वर्तमान प्रणालीमा सरकार गठन र सञ्चालनका लागि विपक्षीसँग पनि सहमति र समन्वय आवश्यक पर्ने भन्दै सबै दलहरू लोकतान्त्रिक मूल्य र संविधानको सीमाभित्र रहेर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले समावेशी र समानुपातिक सिद्धान्तमा आधारित संविधानलाई जोगाउनु आजको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै भने, “यो संविधानले सबै वर्ग, क्षेत्र, जाति र समुदायलाई समेटेको छ, यसलाई जोगाउनु हाम्रो साझा दायित्व हो।”

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com