काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जान आएका विदेशी पर्यटकहरूको भिसा प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।

सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै खनालले अहिले मानसरोवर यात्रा सिजन चलिरहेको उल्लेख गर्दै भिसा प्रक्रियामा ढिलाइका कारण करिब तीन हजार पर्यटक नेपालमै रोकिएको जानकारी गराए।

advertisement

पहिले चार दिनमै भिसा जारी हुने गरे पनि अहिले १२ दिन बितिसक्दा पनि भिसा नआएको बताउँदै उनले चीनसँग समन्वय गरी प्रक्रिया सरल बनाउन सरकारलाई सुझाव दिएका हुन्।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com