काठमाडौँ । स्विट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो क्यासिस आगामी आइतबार साँझ नेपाल आउँदै छन्। दुईदिने भ्रमणका क्रममा उनी प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा क्यासिसले स्विस सहयोग कार्यक्रम, संघीयताको संस्थागत सुदृढीकरण र जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। साथै, नेपालको विकास यात्रामा स्विट्जरल्याण्डको निरन्तर साझेदारीका विषयमा पनि कुरा हुने जनाइएको छ।

advertisement

भ्रमणको अन्त्यमा उनले जुलाई ८ मा भुटानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
स्विस पक्षले नेपाल अति कम विकसित देशको श्रेणीबाट संक्रमणको चरणमा रहेकै बेला हुने यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध विस्तारको अवसरका रूपमा लिएको छ।

उक्त भ्रमणको पृष्ठभूमिमा, गत फेब्रुअरीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जेनेभा भ्रमणका क्रममा मन्त्री क्यासिसलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com