रासस । भोजपुरको रामप्रसाद राई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव फेरेन्सिक परीक्षणका लागि आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।

advertisement

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ ।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले संकलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले एक लाख १४ हजार ८७१ रुपैयाँ रकम मृतक आफन्तलाई हस्तान्तरण गरेका हुन् । मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उनको भनाइ छ ।

‘मृतक परिवारको आर्थिक अवस्था कमजोर छ’ अध्यक्ष राईले भने, ‘सचिवालयबाट संकलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौं । गाउँपालिकाको तर्फबाट पनि सहयोग गर्छौं ।’

 

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com