काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्त्ता ज्ञानेन्द्र बहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९औँ जन्मोत्सवको शुभकामना दिएका छन् ।
सोमबार बिहान निर्मल निवासमा पुगेर शाहीले पूर्वराजालाई शुभकामना दिएका हुन् । यस्तै पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।
उनको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ । राजाकाे जन्मोत्सवकाे अवसरमा निर्मल निवास ३ घण्टाको लागि खुला राखिने छ ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया