काठमाडौं । एएफसी  एसियन कप २०२६ को छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ। उज्वेकिस्तानमा सम्पन्न छनोटको निर्णायक खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

टोलीको नेतृत्व गर्दै कप्तान बनेकी सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो पटक कप्तानीको जिम्मेवारी पाएकी थिइन्। प्रशिक्षक प्याट्रिक डि विल्डेले अन्जिला तुम्बापो सुब्बाको स्थानमा साम्बालाई कप्तान बनाएका थिए।

advertisement

साम्बाले टोलीले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको बताइन्। “पहिलो हाफमा ३-१ ले पछि परे पनि दोस्रो हाफमा दुई गोल फर्काएर खेलमा फर्कियौं,” उनले भनिन्, “५०-५० को अवसरमा हामी चुकेौं, तर समग्रमा टोलीमा सकारात्मक ऊर्जा थियो।”

तर कप्तानी चयनलाई लिएर विवाद भएको थियो। प्रशिक्षकले कप्तानको नाम समयमै नदिँदा एन्फाले रेनुका नगरकोटेलाई कप्तान घोषणा गरे पनि मैदानमा साम्बाले आर्मब्यान्ड बोकेकी थिइन्।

साम्बाले यो विषयमा टोली एकमत रहेको बताउँदै भनिन्, “हामी सबै २३ खेलाडी कप्तान सरह हौं। कप्तानी पाउनु गौरव हो, तर सबैले आ–आफ्नो भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका छन्।”

नेपालको हारसँगै महिला टोली फिफा विश्वकप र ओलम्पिक छनोटबाट पनि बाहिरिएको छ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com