काठमाडौं । अमेरिकी व्यवसायी तथा टेस्लाका प्रमुख एलोन मस्कले ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीव्र मतभेदको पृष्ठभूमिमा उनले उक्त घोषणा गरेका हुन्।

केही हप्तादेखि नयाँ राजनीतिक दल खोल्नेबारे गम्भीर छलफलमा रहेका मस्कले अन्ततः ‘अमेरिका पार्टी’ स्थापना गर्ने निर्णय लिएका हुन्। ट्रम्पसँगको सम्बन्ध चिसिँदै गएपछि मस्कले वैकल्पिक राजनीतिक धार स्थापना गर्न खोजेको विश्लेषण गरिएको छ।

advertisement

राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत मस्कप्रति कटाक्ष गर्दै लेखे, “एलोन मस्क रेलको लिकबाट उत्रिँदै गएको देख्दा दुःखी छु। पछिल्ला पाँच हप्तामा उनी साँच्चै एक रेल दुर्घटना बनेका छन्।”

मस्कले ट्रम्पद्वारा बारम्बार आफू र योजनाको आलोचना भएपछि नयाँ पार्टी गठनको निर्णय सार्वजनिक गरेका हुन्। राजनीतिक विश्लेषकहरूका अनुसार मस्कको ‘अमेरिका पार्टी’ अमेरिकी राजनीतिको नयाँ ध्रुव बन्ने सम्भावना बोकेको छ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com