काठमाडौं  ।  पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीपन आत्मसात् गर्न केवल भौगोलिक उपस्थितिले मात्र पुग्दैन भन्ने धारणा व्यक्त गरेका छन्। उनले “नेपालमा जम्मिएर मात्र नेपाली हुँ भन्न मिल्दैन, नेपालभित्र हामी हुनुपर्छ, तब मात्र साँचो अर्थमा नेपाली हुन्छौं,” भन्दै नेपालीपनको गहिरो भावनात्मक र सांस्कृतिक पक्षप्रति संकेत गरेका छन।

आफ्नो ७९औँ जन्मोत्सवको अवसरमा सोमबार निर्मल निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वराजाले मुलुक अहिले संवेदनशील मोडमा रहेको उल्लेख गरे। उनले भने, “अहिले बखाको समय हो, सबै नेपालीले सतर्कता र सुरक्षा अपनाउनु आवश्यक छ।”

advertisement

शाहले राष्ट्र र जनताको हितका लागि प्रार्थना गर्ने बेला आएको भन्दै सबै नेपालीलाई एकता, समझदारी र विवेकपूर्ण व्यवहार गर्न आह्वान पनि गरेका छन।

पूर्वराजा शाहको जन्मोत्सवका अवसरमा निर्मल निवासमा शुभकामना दिन जनसाधारण, समर्थक, शुभेच्छुक तथा सञ्चारकर्मीको उल्लेख्यी उपस्थिति देखिएको थियो। यस्तै पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।

उनको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ ।

 

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com