काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली बन्नका लागि केवल नेपालमा जन्मिनु पर्याप्त नहुने बताएका छन्।

आफ्नो ७९औँ जन्मदिनको अवसरमा निर्मल निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले “नेपाल” भन्ने भावनात्मक चेतना हरेक व्यक्तिको मनभित्र हुनुपर्ने बताए।

advertisement

“हामी नेपालमा जन्मिएको मात्र आधारमा नेपाली हुँदैनौं, नेपाल हाम्रो मन र आत्मामा बस्नुपर्छ,” पूर्वराजा शाहले भने, “नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो यो।”

त्यस अवसरमा शाहले हाल वर्षा भइरहेकाले बाढीपहिरो लगायतका सम्भावित जोखिमप्रति सतर्क रहन पनि आमजनलाई आग्रह गरे ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com