काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिक सिद्धान्तको अपमान गरिएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको स्पष्ट पारेका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठक माओवादी केन्द्रले बहिष्कार गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शर्माले संविधानमा उल्लेखित मूल मर्मलाई बेवास्ता गरिएको आरोप लगाए।

advertisement

उनका अनुसार न्याय परिषद्ले संविधानविपरीत न्यायाधीश नियुक्ति गरेको र कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग छलफल गर्दा पनि पार्टीको चासो र मागलाई सम्बोधन नगरेपछि बैठक बहिष्कार गर्नुपरेको हो।

“हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त संविधान कार्यान्वयनको माग गरेका छौं। संविधानको मूल मर्म भनेकै समावेशी, समानुपातिकता र सामाजिक न्याय हो। न्यायाधीश नियुक्तिमा यसलाई उल्लंघन गर्नु संविधान र कानूनकै अवहेलना हो,” शर्माले भने।

उनले समावेशी र समानुपातिक सिद्धान्तको बेवास्ता गर्नु नै कानूनको उल्लंघन भएको भन्दै यस्तो कार्य अस्वीकार्य रहेको स्पष्ट गरे। “कुनैपनि व्यक्तिलाई कानूनभन्दा माथि राख्न मिल्दैन,” शर्माको जोड थियो।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com