काठमाडाैं । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कुनै समस्या नभएको बताएका छन्। सोमबार (आज) सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘सात बुँदे समझदारीप्रति दुई दलका बीचमा कुनै समस्या छैन। संसद्मा सबै कुराहरु आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ । हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने कांग्रेस र एमाले संसद्को १० वर्षे अवधिको समिक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभिएका हौँ,’ उनले भने।
यस्तै उनले उपयुक्त समयमा संविधान संशोधनको काम अगाडि बढ्ने बताए। ‘यसबाहेक उपयुक्त समयमा संविधान संशोधनको काम अघि बढ्छ,’ उनले भने।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया