काठमाडौं । रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन्।

गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

advertisement

६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्,ु उनले भने।

प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्कबिच्छेद भएको छ,उनले भने।

उनले रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन। त्यसको विवरण संकलन भइरहेको उनले बताए।

बाढी आउँदा फसेका मानिसहरुको उद्धार भइसकेको पनि उनले बताए।

केही फसेकाहरू सुरक्षित ठाउँमा छन् उहाँहरूलाई उद्धारका लागि आवश्यक पर्‍यो भने हेलिकप्टर पठाउँछौं। तयारी अवस्थामा छ, प्रजिअ पौडेलले भने।

 

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com