काठमाडौं । नुवाकोटको विदुरमा त्रिशूली नदीको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ ।
बिहान त्रिवेणीघाटमा घाँसदाउरा गर्न गएका ६७ वर्षिय पाल्देन तामाङ र उहाँकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीमा एक्कासी बाढी आउँदा फसेका थिए । । बाढी आएपछि रुख चढेर बसेका उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार













प्रतिक्रिया