काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराएका थिए।
नेतन्याहूले भने, ‘म तपाईंलाई मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाउन चाहन्छु । यसमा तपाईंलाई शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ, जसका तपाईं पूर्णरूपले हकदार हुनुहुन्छ र तपाईंले यो पाउनु पर्छ।’
ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारी दिएका छन् ।
यसअघि पाकिस्तान सरकारले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पुर्याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार













प्रतिक्रिया