रसुवा । छिमेकी राष्ट्र चीनतर्फ परेको अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ।

बाढीमा फसेका ५५ जनाको सफल उद्धार गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार उद्धार गरिएका व्यक्तिमध्ये ४ जना महिला र ५१ जना पुरुष छन्।

advertisement

तर, बाढीले अझै १८ जनालाई बेपत्ता बनाएको छ। खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

यसैगरी, बाढीका कारण टिमुरे क्षेत्रमा पार्किङ गरिएको १०० भन्दा बढी सवारी साधन नदीले बगाएको छ।

स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार तथा सुरक्षामा खटिएको छ। बाढीले सडक सञ्जाल, भन्सार क्षेत्र र अन्य पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com