काठमाडौं । गएराति आएको भीषण बाढीमा परेर बेपत्ता भएका सात जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शवहरू विभिन्न स्थानबाट फेला पारिएका हुन्।

भोटेकोशी नदीमा आएको बाढीले १८ जना बेपत्ता बनाएको थियो। हालसम्म बाढीमा फसेका ५५ जनाको सफल उद्धार गरिएको छ।

advertisement

बाढीले नेपाल–चीन व्यापारिक आवागमनको मुख्य नाका टिमुरेमा रहेको मितेरी पुलसमेत बगाएको छ। बाढीका कारण ठूलो भौतिक क्षति पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com